नेपाली कांग्रेसले १५औँ महाधिवेशन भदौ २४–२६ गते काठमाडौंमा गर्ने तयारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन भदौ २४–२६ गते काठमाडौंमा गर्ने तयारी थालेको छ।
पार्टी सभापति गगनकुमार थापाले आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन यही मितिमा गर्ने प्रस्ताव पेस गरेका हुन्। सभापति थापाले सदस्यता वितरण र अद्यावधिक अभियान अघि बढाउने योजना पनि प्रस्तुत गरेका छन्।
चैत २१ गतेदेखि चैत मसान्तसम्म विशेष अभियान चलाइनेछ भने वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। जेठ मसान्तसम्म सबै सदस्यता विवरण केन्द्रमा पठाइनेछ र आशा १५ गतेसम्म केन्द्रले आवश्यक छानबिन गरी सदस्यता टुंग्याउने तयारी कांग्रेसको छ।
साथै केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्दै सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा आउन आग्रह गरेका छन् । साथै उनले महाधिवेशनकव लागि आफूले गाडी अगाडि बढाइसकेको भन्दै अब नरोकिने बताए ।







