कांग्रेस बैठकको एजेन्डा तय

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेस बैठकको एजेन्डा तय

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि एजेन्डा तय भएको छ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेरमा बस्ने बैठकमा पाँच विषयमा छलफल हुनेछ। बैठकमा समसामयिक संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशनको तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश र स्थानीय सरकारको प्रभावकारी सञ्चालन, र भ्रातृ संघ तथा जनसम्पर्क समितिसम्बन्धी विषय समावेश छन्।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक कांग्रेस सभापति गगनकुमार थापा बैठकमा सहभागी भएका छन् । यस अघि बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो । राजनीनामा अस्विकृत गरे संगै थापाले आजका लागि केन्द्रीय समिति बैठक बोलाएका थिए ।