रास्वपाका समानुपातिक सांसद पुरुषोत्तम यादव भारत पुगे
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका अगुवा र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद पुरुषोत्तम यादव अध्ययनका लागि भारत पुगेका छन्।
सांसद यादव उत्तर प्रदेशको नोएडामा रहेको शारदा युनिभर्सिटीमा एमबीएको नाम दर्ता गर्न गएको हो। उनले पहिले पनि सोही विश्वविद्यालयबाट ब्याचलर अध्ययन गरेका थिए। नेपालमा मन्त्रीपरिषद् गठनको चर्चा चलेको बेला उनी भारत जानु भएपछि चर्चा र टिप्पणीहरू सुरु भएका छन्।
यादवले भने, “सांसदमा शपथ लिएपछि आउजाउमा प्रोटकलको समस्या नहोस् भनेर हतारमा आएको हुँ। नाम दर्ता गरेपछि सिधै नेपाल फर्किने छु, क्लास अनलाइन हुनेछ।” सांसद यादवले स्पष्ट पारे कि उनको भारत यात्रा नितान्त शैक्षिक उद्देश्यको हो र कुनै राजनीतिक भेटघाट हुने छैन।







