प्रतिनिधिसभा सदस्यहरूको शपथ र प्रारम्भिक बैठकका लागि सबै तयारी पूरा

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधिसभा सदस्यहरूको शपथ र प्रारम्भिक बैठकका लागि सबै तयारी पूरा

काठमाडौ । संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र प्रारम्भिक बैठकका लागि सबै तयारी पूरा गरेको जनाएको छ।

सचिवालयका अनुसार, प्रतिनिधिसभाको मुख्य हल अझै निर्माण अवस्थामा भएकाले प्रारम्भिक बैठकहरू बहुउद्देश्यीय हलमा सञ्चालन हुनेछन्। सांसदहरूको शपथ यही चैत्र १२ गते बहुउद्देश्यीय हलमा हुनेछ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, बहुउद्देश्यीय हलमा बैठक सञ्चालन गर्न सिट, रोष्टम, सभामुखको आसन, महासचिव र अन्य सचिवालयका कर्मचारीको बस्ने व्यवस्था पूरा गरिएको छ। त्यसैगरी, नयाँ भवन नजिक कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल र सभामुखको कोठाको पनि व्यवस्था गरिएको छ।

प्रवक्ता गिरीले भने, “बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्दा केही जटिलता आउन सक्छ। त्यसैले नयाँ संसद् भवनको निर्माण छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छौँ।”