निजी घर धापासी सार्दै प्रधानमन्त्री कार्की, बालुवाटार अब खाली
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट अधिकांश सामान आफ्नो निजी घर धापासी सारिसकेकी छन्।
शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि पदमुक्त हुने कार्की त्यहीँबाट निजीतर्फ सर्न लाग्ने तयारीमा छिन्। प्रधानमन्त्री सचिवालयका अनुसार बालुवाटारमा अब केवल दुई–तीन दिनका लागि आवश्यक सामान मात्र बाँकी छ।
सामान सार्ने काम एक हप्तादेखि सुरु भइसकेको थियो। यदि नयाँ प्रधानमन्त्रीले शपथपछि तुरुन्त बालुवाटार जान चाहन्छन् भने पनि निवास पूर्णतया खाली हुनेछ। धापासीस्थित निजी घर केही महिनादेखि खाली रहेकाले फोहोर जमेको थियो।
तर एक हप्तामा सबै सफा गरिएको छ र बस्न योग्य बनाइएको छ। प्रधानमन्त्रीका पति दुर्गा सुवेदी पनि बालुवाटारमै बसिरहेका छन्। सामान मिलाउन र घर सफा गर्न एक हप्तादेखि धापासी–बालुवाटार बीच ओहोर–दोहोर भइरहेको छ।







