नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि घट्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि घट्यो

काठमाडौ ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ पुगेको छ।

सुनको मूल्य घट्दा पनि चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ८ सय ६३ रुपैयाँ कायम गरिएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको उतार–चढावको आधारमा दैनिक नेपाली बजारमा सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।