संसदीय दलको नेता चयन गर्न बिहीबार रास्वपाको केन्द्रीय समिति बैठक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्न बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे सुरु हुनेछ। सोही दिन अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रम पनि तय गरिएको छ। शपथ सकिएपछि संसदीय दलको नेता चयनबारे छलफल गर्न बैठक बस्न लागेको हो।
पार्टी प्रवक्ता मनिष झा का अनुसार बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। साथै, बैठकमा अन्य महत्वपूर्ण विषयमा पनि छलफल हुने जनाइएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उल्लेख्य सिट जितेको छ।







