जेन्जी आन्दोलनको सत्य तथ्य बाहिर ल्याउन माग गर्दै विद्यार्थीहरुले सुरु गरे हस्ताक्षर अभियान

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेन्जी आन्दोलनको सत्य तथ्य बाहिर ल्याउन माग गर्दै  विद्यार्थीहरुले सुरु गरे हस्ताक्षर अभियान

काठमाडौ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी आन्दोलनको सत्य बाहिर ल्याउन दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

मंगलबार बिहानदेखि सुरु गरिएको अभियानमार्फत स्ववियूले जेन्जी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो। स्ववियूका अनुसार, लामो समयसम्म प्रतिवेदन सार्वजनिक नहुँदा सत्य बाहिर आउन नसकेको भन्दै दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरिएको हो।

संकलन गरिएका हस्ताक्षर प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइने स्ववियूले जनाएको छ। साथै, प्रतिवेदन सार्वजनिक नगरेसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिइएको छ।