भ्रष्टाचार नियन्त्रणमा कडाइ नगरे राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य नै जोखिममा पर्छः महावीर पुन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले भ्रष्टाचार नियन्त्रणमा कडाइ नगरे राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य नै जोखिममा पर्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपाको सरकारले सुरुको दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका हुन्। उनका अनुसार भ्रष्टाचारीलाई कानुनअनुसार कडा कारबाही गर्दै सार्वजनिक रूपमा उजागर गर्नुपर्छ। यदि हालका नियमले काम गर्न नसके नयाँ नियम बनाएर पनि अघि बढ्नुपर्ने उनको भनाइ छ।
पुनले सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भए जनतामाथि ठूलो धोका हुने र त्यसको असर रास्वपामाथि पनि पर्ने उल्लेख गरेका छन्। उनले तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्। साथै, भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







