इरान र इजरायलबीच तनाव बढ्दो, दुवै पक्ष लडाइँ जारी राख्ने अडानमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । इरानले जारी द्वन्द्वबाट पछि नहट्ने बताएको छ। उसले आफ्नो क्षतिको पूर्ति नभएसम्म लडाइँ जारी राख्ने स्पष्ट संकेत दिएको छ।
इरानका नेता मोज्तबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाइले सबै आर्थिक प्रतिबन्ध हटाइनु पर्ने र अमेरिकाले भविष्यमा हस्तक्षेप नगर्ने ग्यारेन्टी दिनुपर्ने माग गरेका छन्।
उनका अनुसार इरानी सेना अहिले पूर्ण तयारीका साथ कारबाहीमा छ र नेतृत्वले कडा रूपमा स्थिति सम्हालिरहेको छ। यसअघि इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले पनि जनताले आक्रमण गर्ने पक्षलाई कडा सजाय दिनुपर्ने माग गरिरहेको बताएका थिए।
उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानविरुद्ध हमला जारी रहने बताएका छन्।













