आज मौसम बदली, काठमाडौँमा दिउँसो वर्षा हुने सम्भावना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ। मंगलबार बिहान कोसी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने अन्य ठाउँमा आंशिक बदली देखिएको छ।
कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नेछ।
केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ। तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने बताइएको छ । राति हिमाली क्षेत्रमा बादल रहने, पहाडी क्षेत्रमा आंशिक बदली हुने र तराईमा मौसम सफा रहने अनुमान गरिएको छ। केही ठाउँमा भने हल्का वर्षा र हिमपात हुन सक्छ।
यसैबीच काठमाडौँ उपत्यकामा पनि दिउँसो वा अपराह्नतिर मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनी ले बताएका छन्।












