रवि लामिछानेको मुद्दा भोलिसम्मका लागि स्थगित

User Image Prime TV News १ हप्ता अगाडि
Image of रवि लामिछानेको मुद्दा भोलिसम्मका लागि स्थगित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित मुद्दाको सुनुवाइ आज पूरा हुन सकेन।

त्यसैले अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै भोलिका लागि सारिएको छ। सर्बोच्च अदालतमा न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भइरहेको थियो। यो रिट महान्यायाधिवक्ता सविता भण्डारी विरुद्ध दायर गरिएको हो।

उनले लामिछानेलाई सहकारी ठगी मुद्दामा मात्र कारबाही गर्न र अन्य मुद्दा हटाउन निर्देशन दिएकी थिइन्। उक्त निर्देशनपछि कास्की र रुपन्देहीमा केही प्रक्रिया अघि बढे पनि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पूर्ण सुनुवाइ हुन सकेको छैन।

तर काठमाडौँ र पर्सामा भने अझै अभियोगपत्र संशोधनका लागि निवेदन दिइएको छैन।