एमाले पराजयबारे योगेश भट्टराईले मागे सुझाव
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारणबारे सुझाव माग गरेका छन्।
सामाजिक सञ्जालमा उनले एमाले जस्तो बलियो संगठन भएको पार्टी किन कमजोर भयो भन्नेबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। उनले पार्टीको अवस्था सुधार्न निष्पक्ष रूपमा समीक्षा गर्नुपर्ने र त्यसका आधारमा नयाँ योजना बनाउनु पर्ने बताएका छन्।
भट्टराईले पार्टीभित्र एकता, रूपान्तरण र पुनर्जागरणका लागि सबैको सुझाव आवश्यक रहेको पनि उल्लेख गरेका छन्। यसका लागि उनले नेता तथा कार्यकर्तालाई आफ्नो धारणा पठाउन आह्वान गरेका छन्। उनले इमेल र फोन नम्बर सार्वजनिक गर्दै सुझाव दिन आग्रह गरेका छन्।







