अमेरिका–इरान वार्ता सकारात्मक, पाँच दिन आक्रमण रोक्ने निर्णय
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दिनमा भएको वार्ता सकारात्मक भएको बताएका छन्।
ट्रम्पका अनुसार इरानमाथि हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरिएको छ। विशेषगरी इरानको ऊर्जा पूर्वाधारमा हुने आक्रमण अस्थायी रूपमा रोकिएको उनले बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै मध्यपूर्वमा तनाव घटाउनेतर्फ राम्रो प्रगति भएको उल्लेख गरेका छन्।
यसअघि इरानले आफ्नो तट र टापुहरूमा आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको थियो। इरानले आवश्यक परे फारसको खाडीका समुद्री मार्गहरू अवरुद्ध गर्न सक्ने पनि जनाएको छ । यसैबीच, इरानलाई होर्मुज स्ट्रेट खुला राख्न दिइएको समयसीमा आज सकिँदैछ।













