आज शेयर बजार सामान्य बढेर बन्द
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आज नेपाल शेयर बजार सामान्य बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.०१ अंकले बढेर २,९३६ विन्दुमा पुगेको छ।
आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरि ३४२ कम्पनीका ३ करोड ८० लाख कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सबैभन्दा धेरै शेयर कारोबार कुमारी बैंकमा भएको छ। यस बैंकको ६७ करोड २३ लाख, शिवम् सिमेन्टको ६० करोड ६४ लाख, र नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी लाभ कमाएका कम्पनीहरू सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोपावर हुन्। यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतसम्म लाभ पाएका छन्। अर्कातिर, सबैभन्दा बढी घाटा भोगेका इकाईधनी सनराइज फर्स्ट म्युचुअल फन्डका छन्। उनीहरूले ३.७१ प्रतिशत घाटा भोगेका छन्।












