टोखा वडा ७ मा अतिक्रमण हटाउँदै प्राधिकरणले डोजर चलायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of टोखा वडा ७ मा अतिक्रमण हटाउँदै प्राधिकरणले डोजर चलायो

काठमाडौ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिकाको वडा नं. ७ मा लामो समयदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराएको छ।

टोखा नगरपालिका दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा सरकारी जग्गामा बनाइएका अवैध टहराहरू डोजर प्रयोग गरी भत्काइएको हो। प्राधिकरणका अनुसार करिब १० रोपनी जग्गामा बनाइएका यी संरचनाहरू अतिक्रमणको शिकार थिए।

अधिकारीहरूले बताए अनुसार, प्राधिकरणले पटक–पटक सूचना दिए पनि स्थानियहरूले अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा डोजर चलाइएको हो। जग्गामा घर टहरा बनाई भाडामा लगाएर आम्दानी गरिँदै आएको उजुरी पनि परेको थियो।

अतिक्रमण हटाउने कदमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ। प्राधिकरणले भनेको छ, “सार्वजनिक जग्गा व्यक्तिगत फाइदाका लागि प्रयोग हुनु नहुने भएकाले कठोर कदम चालिएको हो।”