ओलीलाई भेट्न गुण्डु पुगे, नेकपा नेता पुन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन पछि पितृशोकमा रहेका अध्यक्ष ओलीलाई आज नेताहरूले भेटेर सम्मान र सहानुभूति व्यक्त गरेका छन् ।
नेकपा नेता वर्षमान पुन नेतृत्वमा उनीहरू भेट्न पुगेका हुन्। पुनसँगै पूर्व सभामुख ओनसरी घर्ती मगर र नेता दिनानाथ शर्मा पनि उपस्थित थिए। भेटमा पितृशोकमा रहेका ओलीप्रति सम्मान र सहानुभूति व्यक्त गर्न गरिएको बताइएको छ।







