संसदको नयाँ भवनमा प्रत्येक सांसदका लागि अलग ‘चेम्बर’को व्यवस्था

User Image Prime TV News १ हप्ता अगाडि
Image of संसदको नयाँ भवनमा प्रत्येक सांसदका लागि अलग ‘चेम्बर’को व्यवस्था

काठमाडौ । 

प्रतिनिधि सभा सदस्यको शपथ समारोहको तयारी सुरु

काठमाडौ । संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ कार्यक्रमको तयारी थालेको छ। शपथ समारोह चैत १२ गते अपराह्न २ बजे आयोजना गरिनेछ। सचिवालयले सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अघि औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनेछन् र त्यसपछि नवनिर्वाचित सदस्यलाई शपथ दिलाउने काम गर्नेछन् । शपथपछि सदस्यलाई संसद् प्रतीक चिह्न, संविधान, नियमावली र अन्य आवश्यक सामग्री प्रदान गरिनेछ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठकको तयारी भइरहेको छ। हलको भौतिक निर्माण सकिएको र केही प्राविधिक काम अन्तिम चरणमा पुगेको छ।

निर्वाचनपश्चात् संसदीय दलको कार्यालय पनि सदस्यको संख्या अनुसार व्यवस्थापन गरिएको छ। गत फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२, नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र स्वतन्त्र सांसद १ जना निर्वाचित भएका छन्। निर्माणाधीन नयाँ संसद् भवनमा प्रत्येक सांसदका लागि अलग ‘चेम्बर’को समेत व्यवस्था गरिने सचिवालयले जनाएको छ।