काठमाडौंमा राइड सेयरिङ चालकलाई कारबाही, १७५ जना पक्राउ

User Image Prime TV News १ हप्ता अगाडि
Image of काठमाडौंमा राइड सेयरिङ चालकलाई कारबाही, १७५ जना पक्राउ

काठमाडौ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप र नियम उल्लङ्घन रोक्न ट्राफिक प्रहरीले विशेष ‘चेकिङ’ अभियान सञ्चालन गरेको छ। यस अभियानमा १७५ जना राइड सेयरिङ चालक कारबाहीमा परेका छन्।

उपत्यकाका व्यस्त स्थानहरूमा अनुगमन गर्दा ती चालकले कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रवक्ता नरेशराज सुवेदीका अनुसार अधिकांश चालकले अनलाइन प्लेटफर्मको अनुमति बिना सेवा सञ्चालन गरेका थिए।

यसबाहेक यात्रु झार्ने–ओसार्ने, सवारीको मर्मतसम्भार नहुनु, आवश्यक कागजात नहुनु र ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको छ। नवराज अधिकारी ले भने, राइड सेयरिङ सञ्चालनका लागि अनुमति लिनु, सवारीसाधन मर्मतसम्भार गर्नु, चालकसँग कागजात हुनु र नियम पालना गर्नु अनिवार्य छ।

अत्यधिक भीड हुने चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास र मुख्य सडकमा यात्रु झार्ने ओसार्ने क्रममा ट्राफिक अवरोध र दुर्घटना जोखिम बढ्ने भएकाले कडाइ गरिएको हो। प्रहरीले आगामी दिनमा पनि यस्ता अनुगमन अभियान जारी राख्ने र नियम उल्लङ्घन गर्ने जो कोहीलाई कारबाही गरिने जनाएको छ।

सर्वसाधारणलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका राइड सेयरिङ सेवाहरू मात्र प्रयोग गर्न सुझाइएको छ।