रामेछापमा सुमो दुर्घटना, ६ जना घाइते
Prime TV News १ हप्ता अगाडि 
रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुममा आज बिहान यात्रुवाहक सुमो दुर्घटनामा परेको छ।
खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरू अन्दाजी ६० वर्षीया ठुली तामाङ, ४५ वर्षीया रिता तामाङ र ४८ वर्षीया सुनमाया तामाङ हुन्। उनीहरूलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ।
दुर्घटनामा संलग्न चालक, २५ वर्षीय किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धी अनुसन्धान जारी छ। हाल दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












