रास्वपा सभापति रवि लामिछाने विरुद्धको अभियोगपत्र संशोधन विरुद्ध रिटको सुनुवाइ सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपा सभापति रवि लामिछाने विरुद्धको अभियोगपत्र संशोधन विरुद्ध रिटको सुनुवाइ सुरु

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको बहस हाल न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा शुरु भएको छ ।

महान्यायाधीवक्ता सविता भण्डारीले गत पुस ३० गते कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउँदै अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन्।

यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले रिट दायर गरेका थिए। सुनुवाइ जारी रहेकाले अदालतले यस विषयमा छिट्टै निर्णय गर्ने अपेक्षा गरिएको छ।