रवि लामिछानेको मुद्दा: सर्वोच्चमा आज पनि सुनुवाइ

User Image Prime TV News १ हप्ता अगाडि
Image of रवि लामिछानेको मुद्दा: सर्वोच्चमा आज पनि सुनुवाइ

काठमाडौ । रवि लामिछाने सँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा आज  सुनुवाइ हुने भएको छ ।

आइतबार महान्यायाधिवक्ताको कार्यालयले अदालतको आदेशअनुसार मुद्दा फिर्ता लिने निर्णय सच्याएर फाइल पेस गरेको थियो। आज त्यसै विषयमा अदालतमा बहस हुन लागेको हो । यो मुद्दा न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हेरिँदै छ।

यसअघि पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यसपछि यो निर्णयको विरोध गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।

पछि आलोचना बढेपछि उनले आफ्नो निर्णय सच्याउँदै सहकारी ठगीबाहेक अन्य मुद्दा फिर्ता लिने निर्णय गरिन्। सुरुमा लामिछानेको लागि मात्र निर्णय बदलिएको थियो, जसले झन् विवाद बढायो। पछि माघ २ गते उनले सबै आरोपितका लागि एउटै निर्णय लागू हुने गरी संशोधन गरिन्।

अहिले अदालतले के निर्णय गर्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ।