ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ बुधबार

User Image Prime TV News १ हप्ता अगाडि
Image of ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ बुधबार

काठमाडौ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य तथा नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले भोलि पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

शपथ ग्रहण समारोह बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ खुवाउनेछन्।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिको हातबाट शपथ लिएपछि अन्य सांसदलाई पद तथा गोपनीयताको शपथ दिलाउने जिम्मेवारी उनीमाथि आउँछ।

सङ्घीय संसद् सचिवालयले नव–निर्वाचित सांसदहरूको सामूहिक शपथ ग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजे राखेको छ। सो कार्यक्रममा कुल २७४ सांसदलाई केसीले शपथ गराउने तय गरिएको छ।

सभामुख निर्वाचित नभएसम्म केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा बैठकको अध्यक्षता गर्नेछन्। उनले प्रारम्भिक बैठक सञ्चालन गर्दै नयाँ प्रतिनिधिसभाको प्रक्रिया औपचारिक रूपमा अघि बढाउनेछन्।