कांग्रेसले गर्यो गगन थापाको राजीनामा अस्विकृत

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसले गर्यो गगन थापाको राजीनामा अस्विकृत

काठमाडौ । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाद्वारा पेश गरिएको राजीनामा केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय मार्फत अस्वीकृत गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति समक्ष विधानअनुसार पेश गर्नुभएको राजीनामालाई बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गरेको निर्णय गरेको छ।”

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले पाएको हारलाई लिएर थापाले स्पष्ट नैतिक जवाफदेही लिँदै पद त्यागेका थिए। तर केन्द्रीय समितिले उनको कदम आवश्यक नभएको ठहर गर्दै थापालाई पार्टी नेतृत्व निरन्तर अघि बढाउन आग्रह गरेको छ।