आर्ने स्लट असन्तुष्ट: लिभरपुलले अवसर बाबजुद पनि ब्राइटनसँग हार्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लटले टिमले अवसरका बावजुद पनि अंक जोड्न नसकेको बताएका छन् ।
शनिबार लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ब्राइटनविरुद्ध २–१ को हार व्यहोरेको थियो । यही खेलपछि स्लटले टिमले जित हासिल गर्ने सम्भावना रहँदा रहँदै पनि हासिल गर्न नसकेकोमा असन्तुष्टि पोख्दै टिमले अवसरका बावजुद पनि अंक जोड्न नसकेको बताएका हुन् ।
हारसँगै लिभरपुलले लिगको इतिहासमा सन् २०१५ को सिजनपछि पहिलोपटक १० खेलमा हार व्यहोरेको छ । “लिभरपुलले एफए कप र च्याम्पियन्स लिगको अन्तिम–८ मा स्थान बनाइसके पनि प्रिमियर लिग सुखद् नतिजाका साथ टुंग्याउनु पर्छ । आजको खेलमा टिमले पराजय भोग्दा म निकै असन्तुष्ट छु । तर, टिमले सम्भावना भएका खेलमा पनि जित हासिल गर्न सकेको छैन । यो झन् निराशाजक छ,” मुख्य प्रशिक्षक स्लटले भने ।
हारसँगै लिभरपुल प्रिमियर लिगमा ४९ अंकका साथ पाँचौँ स्थानमा सीमित भएको छ । यो खेलमा जित हासिल गरेको भए लिभरपुललाई चौथो स्थानमा उक्लने अवसर थियो ।













