ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार घाइते

User Image Prime TV News २ हप्ता अगाडि
Image of ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार घाइते

काठमाडौ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि स्थित होसना इँट्टाभट्टामा आइतबार बिहान पर्खाल भत्किँदा ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको छ।

गम्भीर घाइते भएकी खड्कालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा थप चार जना घाइते भएका छन्। उनीहरू घाइते हुनेहरुमा  रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन् ।

गम्भीर घाइते चन्दलाई भने थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ।