इरानले गर्यो इजरायलमा भीषण हवाई हमला
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलले दक्षिणी सहर अरादमा इरानले हानेको क्षेप्यास्त्रले ठुलो मात्रामा क्षति भएको बताएको छ।
इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी घाइते ८८ जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १० जनाको अवस्था गम्भीर छ भने १९ जना मध्यम घाइते छन् अनि ५५ जना सामान्य घाइते भएका छन्।
आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अरादका मेयरसँग कुरा गरेका छन्। नेतन्याहुले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो भविष्यका लागि यो चलिरहेको अभियानमा यो साँझ धेरै कठिन छ। मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयहरूसँग मिलेर सबै आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएको छु।’
नेतन्याहुले थप लेखेका छन्, ‘म हाल घटनास्थलमा काम गरिरहेका आपत्कालीन र उद्धार टोलीहरूको प्रशंसा गर्छु र म सबैलाई होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गर्दछु।’
नेतन्याहुले शत्रुविरुद्ध आक्रमण जारी रहने पनि उल्लेख गरेका छन्।












