कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, थापाको राजीनामाबारे निर्णायक छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, थापाको राजीनामाबारे निर्णायक छलफल

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८:३० देखि बैठक सुरु हुने बताइएको छ ।

शुक्रबार बसेको कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाले दिएको राजीनामा औपचारिक रूपमा प्रस्तुत गरेका थिए। त्यसअघिको बैठकमा २५ केन्द्रीय सदस्यले आफ्ना धारणा राखेपछि बैठक स्थगित गरिएको थियो।

पार्टी प्रवक्ता देवराज चालिसेले बताएअनुसार, शुक्रबार धारणा राखेका सबै सदस्यले थापाको राजीनामा नैतिकताको आधारमा भए पनि त्यसलाई अस्वीकार गर्नुपर्ने मत व्यक्त गरेका छन्। आजको बैठकले उक्त राजीनामा औपचारिक रूपमा स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने विषयमा अन्तिम निर्णय लिनेछ।