बार एसोसिएसन अध्यक्ष मिश्रले न्यायपालिकालाई जोगाउन सजग रहन आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of बार एसोसिएसन अध्यक्ष मिश्रले न्यायपालिकालाई जोगाउन सजग रहन आग्रह

काठमाडौ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाइ बहुमतको सरकार बन्ने अवस्थामा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक प्रवृत्तिबाट सबैलाई सचेत रहन आग्रह गरेका छन्।

भक्तपुरमा शुक्रबार आयोजित कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष मिश्रले भने कि बारले नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउट दिनेछ, तर संविधान र कानून मिचिएमा कडा कदम चाल्नेछ।

अध्यक्ष मिश्रले विगतमा बारले ठूलो मूल्य चुकाएको स्मरण गर्दै भने, “बार भवनमा बम पड्काइएको, ल फर्महरू जलाइएको र आगजनी भएको अवस्थाबाट उठेर आज हामी यहाँ छौं।” उनले सबै कानून व्यवसायी र न्यायाधीशहरूलाई न्यायपालिका र संविधानको संरक्षणमा सजग रहन पनि आग्रह गरेका छन् ।