जसपा नेपालले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन माग्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of जसपा नेपालले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन माग्यो

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको विवरणात्मक समीक्षा प्रतिवेदन पेश गर्न पार्टीका मातहत सबै समितिहरुलाई सर्कुलर जारी गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्देशन अनुसार वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिले आ–आफ्नो तहमा चुनावी विश्लेषण र समीक्षा बैठक गरी लिखित प्रतिवेदन पठाउनुपर्ने व्यवस्था गरिएको छ। पार्टीका नेता पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतले भनेका अनुसार, पार्टीका उम्मेदवारहरु पनि छुट्टै चुनावी प्रतिवेदन पठाउन सक्नेछन्। सर्कुलरअनुसार, सबै प्रतिवेदन चैत्र २० भित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने छ।