बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्योः बहादुर सिंह लामा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएका राजीनामा अस्वीकार गरेको नेताहरुले बताएका छन् ।
केन्द्रीय समितिको बैठकपछि सहमहामन्त्री बहादुर सिंह लामाले पत्रकारहरूलाई यो जानकारी दिएका छन्। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव सात बुँदे प्रस्तुती सहित पेश गरेका थिए।
थापाले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि नैतिकताको आधारमा सभापति पदबाट राजीनामा दिएका थिए। तर कार्यसमितिको निर्णयपछि उनी सभापति पदमा यथावत् फर्किएका छन्। यो घटनाले नेपाली कांग्रेसभित्र नेतृत्व र एकताको विषयमा अझै सक्रिय चर्चा र निर्णय प्रक्रियाको महत्व देखाएको छ।







