नेपाली कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसीको दावी

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसीको दावी

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेताको पदमा आफ्नो दाबी प्रस्तुत गर्ने भएका छन्।

केसी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत सांसद निर्वाचित भएका हुन्। उनले दलको नेतामा आफूले दाबी राख्नु स्वाभाविक रहेको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले भने, “म संसदीय दलमा सबैभन्दा वरिष्ठ नेता हुँ। संसदीय अभ्यास र पार्टीको यात्रामा मेरो लामो योगदान छ। २०४७ देखिका संसद् कांग्रेसमा म पनि महत्वपूर्ण भूमिका खेलेको छु।”

उनले दलको नेताको चयन सहमतिबाट हुनुपर्ने चाहना पनि व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यसमिति बैठक सानेपामा शुक्रबारदेखि सुरु भएको छ र यस बैठकमा सहभागी हुँदै गर्दा केसीले आफ्नो दाबी स्पष्ट पारेका हुन्।