‘हामी तीन भाइ’को नयाँ गीत सार्वजनिक

User Image Prime TV News २ हप्ता अगाडि
Image of ‘हामी तीन भाइ’को नयाँ गीत सार्वजनिक

काठमाडौ । प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार ‘हामी तीन भाइ’को नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठूली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

लोकलयमा आधारित यो गीत साप शक्ति र अस्मिता अधिकारीले गाएका छन्। गायक शक्तिकै संगीत रहेको गीतका शब्द सुवलमणि सापकोटाले लेखेका हुन्। संगीत संयोजन (एरेन्ज) महाराज थापाको रहेको छ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा मुख्य कलाकार विनोद न्यौपाने, कुशल विष्ट र फलित राई छन्।

त्यस्तै, विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाई, शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको फिलमका कार्यकारी निर्माता विक्रम तामाङ हुन्। सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भुकुमार केसी छन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालले खिचेको फिल्मको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति, बाबुल गिरीले भरेका छन्।

नृत्य कमल राई, इन्द्र देव महर्जन, पाश्र्व संगीत सम्राट थापा, ध्वनी मिश्रण मुकेश शाह र रंग संयोजक रेनिश फागोको छ। यो फिल्म चैत १३ गतेबाट प्रदर्शनमा आउने लागेको छ।