तुइनखोला नजिकैको पहिरो हटाउन समय लाग्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै गएको पहिरो अझै हटाउन सकिएकाे छैन।
अविरल वर्षाले सडक अवरुद्ध बनेको हुँदा, हटाउने काममा समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। आज बिहानदेखि पाँचवटा मेसिनहरूको प्रयोग गरी निरन्तर पहिरो हटाउने प्रयास भइरहे पनि सडक साँघुरो भएकाले काममा बाधा आइरहेको वताइएकाे छ ।
यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। दसैँको बेला घर फर्कने हजारौं यात्रुहरूलाई यो अवरोधले ठूलो समस्या सिर्जना गरेको छ।
त्यसैगरी, धादिङको बेनिघाट–१० मा परेको पहिरो भने हटाइसकिएको छ र नागढुङ्गा–मुग्लिन सडक पुनः खुला भएको छ।













