हैदराबादमा पाँचजना नेपाली सुनचाँदी डकैतीको आरोपमा पक्राउ

User Image Prime TV News २ हप्ता अगाडि
Image of हैदराबादमा पाँचजना नेपाली सुनचाँदी डकैतीको आरोपमा पक्राउ

काठमाडौ । भारतको हैदराबादमा केही महिनादेखि सुनचाँदी र अन्य सामग्रीसम्बन्धी शृंखलाबद्ध डकैतीमा संलग्न भएको आरोपमा पाँचजना नेपाली पक्राउ परेका छन्।

पक्राउ पर्नेमा  रमेश बहादुर चन्द, जनक कुमार, विक्रम शाही, ललितबहादुर चन्द, मदन खत्री र सुशील बोहरा रहेका छन्। हैदराबाद प्रहरीले उनीहरूलाई चोरीका सामान संकलन गर्ने, अपराधमा आर्थिक सहयोग दिने र अपराधीहरूलाई संरक्षण गर्ने अभियोगमा पक्राउ गरेको जनाएको छ।

पक्राउका क्रममा चोरी भएका गहना, मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको छ। स्थानीय प्रहरीले अनुसन्धान जारी राखेको छ र सम्भावित अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएको छ।