पश्चिमी वायुको प्रभाव, काठमाडौं सहित देशका केही क्षेत्रमा वर्षा सुरु
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका केही स्थानमा शुक्रबार दिउँसो पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न भूभागसहित काठमाडौं र ललितपुरमा समेत वर्षा भइरहेको छ।
जलवायुविज्ञहरुका अनुसार, “पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज–दाङ हुँदै बुटवल र पोखरा तर्फ सर्न लागेको छ। काठमाडौंको दक्षिणी भाग जस्तै भैँसेपाटी र गोदावरीमा वर्षा सुरु भएको छ।”
उपेतीले चेतावनी दिएका छन् कि अबको केही घण्टामा यो प्रणाली अझ सक्रिय हुने सम्भावना छ। साथै हावाहुरी र असिनापानी बढ्ने जोखिम पनि छ। स्थानीयवासीहरूलाई सुरक्षित रहन र वर्षा तथा असिनापानीको सम्भावित असरप्रति सचेत रहन विज्ञहरूले आग्रह गरेका छन्।












