इजरायली आक्रमणमा गाजामा ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडाै। गाजा पट्टीमा इजरायलले बुधबार गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
आपत्कालीन सेवाका कर्मचारीहरूका अनुसार गाजा सहरको दराज क्षेत्रमा रहेको फिरास बजारनजिक अस्थायी रूपमा बसोबास गरिरहेका घरबारविहीन परिवारहरू लक्षित आक्रमणमा परेका थिए।
उक्त आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २० जनाको ज्यान गएको पुष्टि गरिएको छ। इजरायली सेनाले भने सो आक्रमणमा दुई जना हमास लडाकुहरूलाई लक्षित गरिएको बताएको छ।
यद्यपि, सेनाले जनाइएको मृत्यु संख्या आफ्नो तथ्यांकसँग मेल नखाने स्पष्ट पारेको छ। यसैबीच, इजरायली ट्यांक र सैनिकहरू गाजा सहरको भित्री भागतर्फ अगाडि बढिरहेका छन्। इजरायलले उक्त क्षेत्रलाई हमासको अन्तिम गढका रूपमा चिनिएको बताउँदै आएको छ।
इजरायली सेनाले यो स्थलगत कारबाही हमासद्वारा बन्धक बनाइएकाहरूको मुक्तिको प्रयासका साथै सशस्त्र समूहविरुद्ध निर्णायक पराजय सुनिश्चित गर्ने उद्देश्यले भइरहेको जनाएको छ।













