प्रधानमन्त्री सुशीला कार्कीले गरिनन् जनकपुरधामको जानकी मन्दिरमा धार्मिक पूजाअर्चना

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्कीले गरिनन् जनकपुरधामको जानकी मन्दिरमा धार्मिक पूजाअर्चना

जनकपुर । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पहिलोपटक जनकपुरधाम भ्रमण गर्दै प्रसिद्ध जानकी मन्दीरमा पूजाअर्चना गरेकी छन्।

विमानस्थलबाट मन्दिर पुग्नेबित्तिकै उनले पूजा सम्पन्न गरेपछि मन्दिरका महन्थ र पूजारीसँग भेटघाट गरिन्। प्रधानमन्त्री कार्कीले आफू यहाँ धार्मिक प्रयोजनका लागि मात्र आएको र राजनीति उद्देश्य नभएको बताइन्।

जनकपुरधाम भ्रमणपछि उनले महोत्तरीको गाई गौशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। स्थानीय स्रोतका अनुसार, यस भ्रमणले धार्मिक महत्व र सांस्कृतिक सम्पदाप्रति सरकारको ध्यानाकर्षण गराउने र जनकपुरधाम–महोत्तरी क्षेत्रमा प्रशासनिक निरीक्षणको अवसर समेत दिने विश्वास गरिएको छ।