कांग्रेस केन्द्रीय कार्यसमितिको शुरु, गगन थापा सहभागी भएनन्
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकको जानकारी पार्टी महामन्त्री प्रदीप पौडेलले दिएका छन्।
बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा र अन्य महत्वपूर्ण विषयहरूमा छलफल हुने जनाइएको छ। सभापति थापा स्वयं बैठकमा उपस्थित नभए पनि उनको कुर्सी खाली राखेर बैठक सञ्चालन भइरहेको छ।
पार्टी उपसभापति बिश्व प्रकाश शर्माले बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरिने जानकारी दिए। थापाले पार्टीको निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। विश्लेषकहरूले यस बैठकको निर्णयले कांग्रेसको नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिमा निर्णायक भूमिका खेल्ने बताए







