निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च

काठमाडौ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन मितव्ययी रूपमा सम्पन्न गरिएको जनाएको छ। आयोगका अनुसार निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म ३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ खर्च भइसकेको र बाँकी भुक्तानी दायित्वसमेत जोड्दा कुल खर्च उक्त परिमाण पुगेको जानकारी दिए।

उनका अनुसार निर्वाचनमा प्रति मतदाता औसत २८४ रुपैयाँ खर्च भएको छ। आयोगले सीमित स्रोतसाधनको प्रभावकारी प्रयोग गर्दै खर्च नियन्त्रणमा राख्न सफल भएको दाबी गरेको छ। सरकारले निर्वाचन प्रयोजनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति दिएको थियो।

आयोगका अनुसार स्वीकृत बजेटभन्दा कम खर्चमा निर्वाचन सम्पन्न भएको हो।