रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्बोच्चको आदेश
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको २ माघको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखर को इजलासले आदेश जारी गरेको हो।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बराल ले केवल लामिछानेको हकमा मात्र आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, २ माघमा उनले लामिछानेसहित अन्य आरोपितहरूको हकमा पनि आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।
सर्वोच्चमा अहिलेसम्म ३० पुसको निर्णय मात्र पेश भएको भेटिएपछि इजलासले २ माघको निर्णय पेश गर्न निर्देशन दिएको हो। आदेशअनुसार, रवि लामिछानेको मुद्दा हेर्न नपाउने न्यायाधीश बाहेक अन्य न्यायाधीश भएको इजलासमा मात्र मुद्दा पेश हुनेछ।
यो आदेशपछि लामिछानेको मुद्दाको सुनुवाइ अझ केही दिनका लागि स्थगित हुने देखिएको छ।







