राष्ट्रिय लिग स्थगित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय लिग प्राविधिक कारणले अस्थायी रूपमा स्थगित भएको छ।
एन्फाले बिहीबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरेको जनाएको हो । प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले अर्को सूचना जारी नभएसम्म लिग सञ्चालन नहुने स्पष्ट पारेका छन्।
सङ्घले खेलाडी, क्लब र खेलप्रेमीहरूलाई धैर्य राख्न अनुरोध गरेको छ।













