निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझायो

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझायो

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन्।

अवसरमा राष्ट्रपति पौडेलले निर्वाचन कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र जुटेर सम्पन्न भएकोमा खुशी व्यक्त गरे। उनले निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी र सबै सम्बद्ध पक्षलाई धन्यवाद दिएका छन्।

राष्ट्रपतिको भनाइ अनुसार, “फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास बढाएको छ र लोकतन्त्र अझ मजबुत भएको छ।”

निर्वाचन आयोगले आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाए संगै अब सरकार गठनको प्रक्रिया अघि वढ्ने छ ।