राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले ज्ञानेन्द्र शाहीलाई दलको नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो। बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित थिए। राप्रपा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ४ सिट जित्न सफल भएको थियो ।
दलको नेता चयन भएका ज्ञानेन्द्र शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एकल सांसद हुन्। उनी जुम्लाबाट निर्वाचित भएका छन्।












