बिहीबार सेयर बजारमा जोरदार वृद्धि, नेप्से परिसूचक २८७७ विन्दुमा बन्द
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सेयर बजारमा उच्च अंकले बढेको छ। नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ।
कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भए पनि बिहीबार कुल २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढेको छ, २२ कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।
सबै १३ उपसूचकको परिसूचक बढेको छ। यसमध्ये उत्पादन तथा प्रशोधन उपसूचक सबैभन्दा बढी १८३.६० अंकले बढेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर सबैभन्दा बढी ६७ करोड रुपैयाँमा किनबेच भएको छ भने सेयर संख्याका आधारमा अपर तामाकोसीको २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बजार विश्लेषकका अनुसार परिसूचक वृद्धि र उच्च कारोबारले लगानीकर्ताबीच बजारप्रतिको विश्वास बलियो भएको संकेत दिन्छ।












