लिभरपुल च्याम्पियन्स लिगको अन्तिम ८ मा, प्रशिक्षक स्लट उत्साहित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । च्याम्पियनस लिगको अन्तिम ८ मा स्थान बनाएपछि इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लटले टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको बताएका छन् ।
बुधबार लिभरपुलले टर्किस क्लब गलातासारेलाई समग्रमा ४–१ ले पराजित गर्दै अन्तिम–८ मा स्थान बनाएको हो । मुख्य प्रशिक्षक स्लटले यही खेलमा खेलाडीले दबाबबीच अवसर सिर्जना गर्नमा केन्द्रित भएर खेल्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।
“खेलको सुरुआतदेखि अन्त्यसम्म टिमले उत्कृष्ट खेल प्रदर्शन गर्यो । खेलाडी, स्टाफ र समर्थकको अपेक्षा पनि यही नै थियो,” स्लटले भने, “खेलाडीले दबाब महसुस नगरीकन खेलको सुरुआतदेखि अवसर सिर्जना गर्नेमा केन्द्रित भएर खेले, जसले गर्दा रंगशालामा थप उत्साह थपेको थियो । आजको खेलको माहोल निकै स्मरणीय रहनेछ ।”
जितसँगै लिभरपुलले अन्तिम ८ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सित खेल्ने भएको छ । यी दुई टिमबीचको पहिलो लेग आउँदो अप्रिल ८ मा हुनेछ । लिभरपुलको जितमा डोमिनिक स्जोबोज्लाई, ह्युगो इकिटिके, रायन ग्रावेनवेर्च, मोहम्मद सलाहले समान एक गोल गरे । लिभरपुलले एक आत्मघाती गोल उपहार पाएको थियो ।













