सुनचाँदीको मूल्यमा गिरावट, बजारमा कारोबार सुस्त
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा एकैदिन उल्लेखनीय गिरावट आएको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको छ।
महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको थियो।
चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार चाँदी तोलामा १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा झरेको छ। यसअघि बुधबार चाँदी ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। सुनचाँदीको मूल्य घटेसँगै बजारमा उपभोक्ताको चासो बढे पनि कारोबार भने अपेक्षाअनुसार बढ्न सकेको छैन।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो।












