शपथ नहुँदा महावीर पुन पुनः सडकमा, आत्मकथा बेच्दै जीविकोपार्जन

User Image Prime TV News २ हप्ता अगाडि
Image of शपथ नहुँदा महावीर पुन पुनः सडकमा, आत्मकथा बेच्दै जीविकोपार्जन

काठमाडौ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुन फेरि सडकमा पुस्तक बेच्न निस्किएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि अझै शपथ ग्रहण नहुँदा उनी आफ्नो पुरानै दैनिकीमा फर्किन बाध्य भएका हुन्। पोखरामा फुटपाथ व्यापारमाथि प्रतिबन्ध लगाइएपछि धनराज आचार्यले पुनलाई सडकमा बसेर पुस्तक नबेच्न सुझाव दिएका थिए।

तर पुनले त्यसलाई अस्वीकार गर्दै आफू अहिले निष्क्रिय बस्न नसक्ने स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत नदीपुर क्षेत्रमा बिहान १० बजेदेखि आत्मकथा बिक्री गर्ने जानकारी दिएका छन्।

निर्वाचनपछि केही समय पुस्तक बिक्री गरेका पुन पछिल्लो समय म्याग्दीका सबै स्थानीय तहमा पुगेर विकास र बजेटसम्बन्धी छलफलमा सक्रिय थिए। तर संसदको शपथ प्रक्रिया ढिलाइ हुँदा उनी फेरि सडकमा फर्किनु परेको बताएका छन्।

पुनले आफ्नो आत्मकथा बिक्रीबाट उठेको रकम वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा लगानी गरिरहेको जनाएका छन्। उनका अनुसार यो अभियान व्यक्तिगत लाभका लागि नभई देशको उत्पादनमूलक क्षेत्रमा योगदान दिनका लागि हो।