रास्वपाले सांसदहरूको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले सांसदहरूको शपथ सम्पन्न भएपछि मात्रै दल नेता चयनलगायतका प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। उनका अनुसार रास्वपा विधिसम्मत र प्रक्रियागत ढंगले अगाडि बढ्नेछ।
संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तयारी गरिरहेको छ। सोही प्रक्रिया पूरा भएपछि रास्वपाले आफ्नो संसदीय दलको नेतृत्व चयन गर्नेछ। यसअघि पार्टीले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनाव लडेको थियो।
तर उनलाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्नुपर्ने अवस्था देखिएको छ। निर्वाचन परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ बहुमत हासिल गर्दै १८२ सिट जितेको छ। स्पष्ट बहुमतसँगै पार्टी एकल सरकार गठनको तयारीमा छ।












