समाज नकारात्मक दिशातर्फ गएको छः अध्यक्ष ओली

User Image Prime TV News २ हप्ता अगाडि
Image of समाज नकारात्मक दिशातर्फ गएको छः अध्यक्ष ओली

काठमाडौ । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामप्रति चिन्ता व्यक्त गर्दै वर्तमान समाज नकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्।

बुबा स्वर्गीय मोहनप्रसाद ओलीको काजक्रियामा रहेका ओलीलाई भेट्न पत्रकार संगठन प्रेस चौतारी नेपालको टोली भक्तपुरको गुण्डुस्थित निवास पुगेको थियो। सो क्रममा पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा उनले निर्वाचनपछिको राजनीतिक अवस्थाले समाजमा ठूलो विचलन ल्याउन सक्ने धारणा राखेका हुन्।

ओलीले वर्तमान समयलाई संकेत गर्दै मानिसहरू आफ्नै सोचभन्दा बढी सामाजिक सञ्जालको प्रभावमा चलिरहेको टिप्पणी गरे। “हामी आफ्नो दिमागले भन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ,” उनले भने, “कुनै ठाउँमा पुग्यौँ भने पनि पहिले फोटो हाल्ने, त्यसपछि मात्रै सोच्ने प्रवृत्ति बढेको छ।”

उनले यस्तो प्रवृत्तिले समाजलाई नकारात्मक दिशातर्फ धकेलिरहेको उल्लेख गरे। उनका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सोच, व्यवहार र सामाजिक मूल्यमा परिवर्तन ल्याउँदै लगेको छ, जसले दीर्घकालीन रूपमा सांस्कृतिक र सामाजिक असन्तुलन सिर्जना गर्न सक्छ।

ओलीको भनाइलाई वर्तमान राजनीतिक परिस्थिति र डिजिटल संस्कृतिको प्रभावबारे चेतावनीका रूपमा समेत हेरिएको छ।